मिटरब्याजसम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउदै प्रदर्शन गर्ने नियन्त्रणमा
बिहीबार संसद भवन अगाडी नारावाजी सहित प्रदर्शन गर्न खोज्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मिटरब्याज तथा ठगीविरुद्धको किसान-मजदुर संघर्ष समितिले नयाँ कानुनले मिटरव्याज पीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी राखेको छ।
काठमाडाैं, साउन ४ : सरकारले ल्याएको मिटरब्याज सम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउदै संसद भवन अघि प्रदर्शन गर्न खोज्ने मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार संसद भवन अगाडी नारावाजी सहित प्रदर्शन गर्न खोज्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मिटरब्याज तथा ठगीविरुद्धको किसान-मजदुर संघर्ष समितिले नयाँ कानुनले मिटरव्याज पीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी राखेको छ।
समितिले सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पती छानबिन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने बताउँदै आएको छ।
प्रकाशित मिति: १८:०१ बजे, बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार