धादिङबेंसी मलेखु सडक पहिरोले अवरुद्ध
नीलकण्ठ नगरपालिका–८स्थित च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो १२ः३० बजेखदेखि सडकको दुबैतर्फ अवरुद्ध बनाएको हो।धादिङ, साउन ३ : जिल्ला सदरमुकाम धादिङबेंसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेंसी मलेखु सडक पहिरोले अवरुद्ध भएको छ।
नीलकण्ठ नगरपालिका–८स्थित च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो १२ः३० बजेखदेखि सडकको दुबैतर्फ अवरुद्ध बनाएको हो।
अहिले त्यस क्षेत्रमा सवारीसाधनको आवागमन पूर्णरूपले ठप्प भएको छ । घुम्ती कटेर सडक चौडा गरेको स्थानमा कमजोर बनेको जमिन भासिएर खसेको स्थानीयवासीले बताएका छन्।
पहिरोले ठूल्ठूला ढुङ्गा र रुखसमेत खसालेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो खसेको ठाउँ उकालो र साँघु घुम्तीसँगै भएकोले जोखिम बढेको छ।
प्रकाशित मिति: १५:३२ बजे, बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मार्फामा बढ्दै पर्यटक, गल्लीहरुको नामाकरण बुधबार, मंसिर १२, २०८१
वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानीबुधबार, मंसिर १२, २०८१
यी भू-भागमा वर्षाको सम्भावनाबुधबार, मंसिर १२, २०८१
बसाइँसराइले ग्रामीण क्षेत्र सुनसान, बुढापाकालाई गाउँ रित्तिने चिन्ताबुधबार, मंसिर १२, २०८१