Kathmandu Press

बाघको आक्रमणबाट तीन जना घाइते

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी छन् ।
बाघको आक्रमणबाट तीन जना घाइते

चितवन, साउन २ : बाघको आक्रमणबाट चितवनमा तीन जना घाइते भएका छन् । मंगलबार साँझ माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी छन् ।

निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन गएका उनीहरूलाई बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणबाट घाइते उनीहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर लगिएको छ।

प्रकाशित मिति: २०:२३ बजे, मंगलबार, साउन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्