Kathmandu Press

राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार

राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानको आज बसेको बैठकले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान निर्णय गरेको हो।
राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार

काठमाडौं, साउन २ : यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ।

राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानको आज बसेको बैठकले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान निर्णय गरेको हो।

Hardik ivf

प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वर तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले भीमसेन थापाको २४९औँ जन्मजयन्तीको अवसरमा साउन ९ गते पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव लक्ष्मण थापाले राससलाई जानकारी दिए।

पुरस्कारको राशि एक लाख रहेको छ।

प्रकाशित मिति: १९:४९ बजे, मंगलबार, साउन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्