Kathmandu Press

वैदेशिक रोजगारीमा जानेको संख्या अहिलेसम्मकै उच्च, एक वर्षमै विदेशिए पौने ८ लाख 

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९, ८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन् । वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८, ७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका थिए।
वैदेशिक रोजगारीमा जानेको संख्या अहिलेसम्मकै उच्च, एक वर्षमै विदेशिए पौने ८ लाख 

काठमाडौं, साउन २ : आर्थिक वर्ष २०७९, ८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुगेको छ। यो सङ्ख्या अहिलेसम्मकै उच्च हो। 

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९, ८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन् । वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८, ७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका थिए।

Hardik ivf

वैदेशिक रोजगार विभागका अनुसार नेपालको आन्तरिक रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पछिल्लो दुई वर्षदेखि बढेको छ । 

वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षमा श्रमस्वीकृति सबैभन्दा बढी कात्तिकमा लिएको पाइएको छ । कात्तिकमा ७८ हजार ३७० जनाले श्रमस्वीकृति लिएका थिए भने सबैभन्दा कम वैशाखमा ५४ हजार ४५७ जनाले श्रमस्वीकृति लिए।

गत भदौमा ७६ हजार ४०३ जनाले, असारमा ७१ हजार पाँच सयले, मङ्सिरमा ६८ हजार ५६४ जनाले, साउनमा ६५ हजार ४६२ जनाले, पुसमा ६४ हजार ४६४ जनाले र माघमा ६४ हजार २८४ जनाले वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर विदेशिएका छन्। 

त्यसै गरी गत फागुनमा ६१ हजार ८४५ जनाले, चैतमा ६१ हजार ४७८ जनाले, जेठमा ५९ हजार ४२२ जनाले र असोजमा ५८ हजार १९२ जनाले श्रमस्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ।

आर्थिक वर्ष २०७७,७८ मा एक लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रमस्वीकृति लिएको विभागले जनाएको छ। यस्तै आर्थिक वर्ष २०७६, ७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ। 

वैदेशिक रोजगार विभागका अनुसार विभागले २०५० सालदेखि श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुरु गरेको थियो।   

प्रकाशित मिति: ०८:२९ बजे, मंगलबार, साउन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्