Kathmandu Press

यी प्रदेशमा भारी वर्षाको सम्भावना

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। साथै गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोपख देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् बताएको छ। 
यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २ : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाले बताएको छ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। साथै गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोपख देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् बताएको छ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा  तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक, दुई स्थानहरूमा मेघ, गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य  रहने तथा देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। 

प्रकाशित मिति: ०७:५३ बजे, मंगलबार, साउन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्