हेटौंडा अस्पताललाई डायलासिस मेसिन
मिर्गौलाका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनबाट हेटौँडा–११ चुरेहीलमा सञ्चालनमा रहेका दुई मेसिन हेटौँडा अस्पतालमा स्थानान्तरण गरेको हो।
हेटाैंडा, साउन १ : हेटौँडा अस्पतालको डायलासिस सेवालाई थप प्रभावकारी बनाउन दुई मेसिन थप गरेको छ। मिर्गौलाका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनबाट हेटौँडा–११ चुरेहीलमा सञ्चालनमा रहेका दुई मेसिन हेटौँडा अस्पतालमा स्थानान्तरण गरेको हो।
चुरेहिलमा डायलासिस सेवा बन्द भएपछि उपमहानगरले फाउण्डेसनसँग सहकार्य गर्दै आजदेखि हेटौँडा अस्पतालमा उक्त सेवा सञ्चालन गरेको नगर प्रमुख मीनाकुमारी लामाले बताए। योसँगै डायलासिस सेवा लिन बिरामी अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। बिरामीले अब हेटौँडामै सेवा पाउने हेटौँडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रामचन्द्र सापकोटाले बताए।
नगर प्रमुख लामाले निजी तथा सामाजिक संस्थाको सहयोगमा उपमहानगरले सुरु गरेको डायलासिस सेवा थप प्रभाकारी बनाइने बताए। हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाइँका अनुसार डायलासिस सेवाका लागि ४५ बिरामी पर्खाइमा छन्। हेटौँडा अस्पतालले हाल १३ मेसिनबाट डायलासिस सेवा दिँदै आएको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










