Kathmandu Press

हिमालय एयरलाइन्स र अर्थोपेडिक अस्पतालबीच सहकार्य

अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ। उक्त वार्डमा आवश्यकताका आधारमा आर्थिक अवस्था कमजोर भएका बिरामीले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउने अस्पतालले जनाएको छ। 
हिमालय एयरलाइन्स र अर्थोपेडिक अस्पतालबीच सहकार्य

काठमाडाैं, साउन १ : नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्स र नेपाल अर्थोपेडिक अस्पतालबीच सहकार्य गरिने भएको छ। हिमालयले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालसँग सहकार्य गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ। 

एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले आज नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल निर्देशक डा. कैलाशकुमार भण्डारीलाई दुई टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेका हुन्।
       
अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ। उक्त वार्डमा आवश्यकताका आधारमा आर्थिक अवस्था कमजोर भएका बिरामीले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउने अस्पतालले जनाएको छ। 

Hardik ivf

अस्पताल परिसरमा आयोजित हस्तान्तरण कार्यक्रमपछि एयरलाइन्सका अध्यक्ष एन्योङ्गले एयरलाइन्सले उडान क्षेत्रमा मात्रै नभई सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि सहयोग गर्ने बताए। उनले समाजप्रतिको जिम्मेवारी पूरा गर्नका लागि सहयोग गरिएको बताउँदै यस सहयोगबाट अस्पतालले थप गुणस्तरीय सेवा प्रदान गर्न मद्दत मिल्ने धारणा राखे। 

अध्यक्ष एन्योङ्गले अहिलेको सहयोगले आवश्यकता परेका बिरामीको उपचारमा सहज हुने बताए। उनले नेपाल अपाङ्ग सङ्घका पदाधिकारीद्वारा हेरचाह गरिने बालबालिकाका लागि अनाथ आश्रमका लागि पनि सहयोग गर्ने बताए।

उनले एयरलाइन्सको इन्फ्लाइट पत्रिकाको नाफाबाट आउने केही अंश सामाजिक उत्तरदायित्वका लागि योगदान गर्ने प्रतिबद्धता जनाए। निर्देशक डा कैलाशकुमार भण्डारीले हिमालयकोतर्फबाट भएको मानवीय  र उद्धार कार्यको प्रशंसा गरे।

प्रकाशित मिति: १५:०४ बजे, सोमबार, साउन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्