प्रधानमन्त्रीको तस्बिरसहित गलत कुरा सामाजिक सञ्जालमा राखेकाे आरोपमा पक्राउ
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–८ का टाइगर राना मगर भनिने शेरबहादुर राना मगर छन्।
बुटवल, साउन १ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिरसहित गलत कुरा लेखेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–८ का टाइगर राना मगर भनिने शेरबहादुर राना मगर छन्। प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्री दाहालको तस्बिर राखेर असंवेदनशील सामग्री पोस्ट गरेको भन्दै केन्द्रीय साइबर ब्युरोले उनलाई बुटवलको देवीनगरबाट पक्राउ गरेको हो।
उनलाई काठमाडौंमा साइबर क्राइम सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:४५ बजे, सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












