श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारको ध्यानाकर्षण

काठमाडौं, असार ३१ : सांसदहरुले श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारको ध्यानाकर्षण गरेका छन्।
आइतबारकाे प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरुले श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारलाई आग्रह गरेका हुन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हरेक दुई वर्षमा श्रमिकको न्यूनतम ज्याला अनिवार्य रूपमा बढाउन माग गरे। साउन १ देखि लागू हुने गरी श्रमिकको न्यूनतम ज्याला १५ हजारबाट बढाउनुपर्ने उनकाे भनाइ थियाे। सरकार, रोजगारदाता र श्रमिकबीच संवाद गरी न्यूनतम ज्यालालाई एउटा टुंगोमा पुर्याउन उनले माग गरे।
कांग्रेसकै सांसद रमा कोइराला पौडेलले पनि साउन १ गतेदेखि नै लागु हुने गरी श्रमिकको न्यूनतम ज्याला बढाउन माग गरिन्। ‘सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउने काम गरोस्,’ उनले भनिन्।
प्रकाशित मिति: १६:११ बजे, आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












