Kathmandu Press

शिक्षा क्षेत्रको विकासमार्फत नै मुलुकको विकास गर्नुपर्छ : सभामुख घिमिरे

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले यसअघि शिक्षा क्षेत्रको उचित बिकास हुन नसकेका कारण मुलुकपछि परेको भन्दै शिक्षा क्षेत्रको बिकासमार्फत मुलुकको बिकास गर्नुपर्ने बताएका हुन्।
शिक्षा क्षेत्रको विकासमार्फत नै मुलुकको विकास गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडाैं, असार ३१ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्रको विकासमार्फत नै मुलुकको विकास गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले यसअघि शिक्षा क्षेत्रको उचित बिकास हुन नसकेका कारण मुलुकपछि परेको भन्दै शिक्षा क्षेत्रको बिकासमार्फत मुलुकको बिकास गर्नुपर्ने बताएका हुन्।

शिक्षा र शैक्षिक जनशक्तिको ठिक ढंगले बिकास गर्न सकेको मुलुकहरु धेरै अगाडी पुगेको उहाले बताउए। उनले व्यावहारिक र गुणस्तर शिक्षाको आवश्यकता अपरिहार्य रहेको उल्लेख गरे।

कार्यक्रममा उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले शिक्षा क्षेत्रमा देखिएका मुद्धाहरुलाई सम्बन्धीत निकायका पुराउन महासंघले आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे। कार्यक्रममा बिभिन्न कलेजहरुलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति: १५:५१ बजे, आइतबार, असार ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्