Kathmandu Press

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

भोलि (मंगलबार) दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गरएिको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो।
राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, असार ३१ : राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

भोलि (मंगलबार) दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गरएिको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आइतबार सूचना जारी गरेर विशेष कारणवश अर्को मिति नतोकिँदासम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका हुन्। 

सूचनामा भनिएको छ, ‘मिति २०८० साल साउन १ गते सोमबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

प्रकाशित मिति: १५:४५ बजे, आइतबार, असार ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्