माग सम्बोधन नभएको भन्दै सहकारी पीडितद्वारा र्याली
सहकारी पीडित बचतकर्ता महासंघले गरेको विरोध र्यालीका सहभागीले आफूहरुको बचत रकम तत्काल फिर्ता गर्न र सहकारी संचालकलाई कारबाही गर्न माग गरे।
काठमाडौं, असार ३१ : सरकारले आफूहरुको माग सम्बोधनका लागि कुनै पहल नगरेको भन्दै सहकारी पीडितहरुले आज र्यालीसँगै विरोध प्रदर्शन गरेका छन्।
सहकारी पीडित बचतकर्ता महासंघले गरेको विरोध र्यालीका सहभागीले आफूहरुको बचत रकम तत्काल फिर्ता गर्न र सहकारी संचालकलाई कारबाही गर्न माग गरे। उनीहरुले सरकारले सहकारी सञ्चालकलाई कारबाहीको सट्टा आश्रय दिइरहेको पनि आरोप लगाएका छन् ।
काठमाडौंको माइतीघरमा डेढ महिनादेखि धर्ना दिइरहेका सहकारी पीडितहरुले आइतबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरेका हुन् ।
सडकमा अवरोध पुर्याएको भन्दै प्रहरीले र्यालीमाथि हस्तक्षेप गर्दा बिजुलीबजार क्षेत्रमा केहीबेर तनावकाे अवस्था बनेको थियो ।
प्रकाशित मिति: १४:५० बजे, आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












