Kathmandu Press

लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेस

प्रदेशसभामा पेस भइ लामो समयसम्म छलफल नभई रोकिएको लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा बैठकबाट फिर्ता भएको छ।
लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेस

दाङ, असार ३० : लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको शनिवार बसेको १९औं बैठकमा दुई विधेयक पेश भएका छन् भने एउटा विधेययक फिर्ता भएको छ।

शनिवारको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका तर्फबाट आन्तरीक मामिला मन्त्री सन्तोष पान्डेले प्रदेश निजामति सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेका हुन्।

Hardik ivf

स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयय माथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा मन्त्री खनालले प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए।

यसैबीच लुम्बिनी प्रदेश सरकारले यसअघि पेश गरेको एउटा बिधेयक फिर्ता भएको छ। प्रदेशसभामा पेस भइ लामो समयसम्म छलफल नभई रोकिएको लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा बैठकबाट फिर्ता भएको छ। लुम्बिनी प्रदेशसभाको अर्को बैठक साउन ८ गते बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १८:०० बजे, शनिबार, असार ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्