Kathmandu Press

सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छ : नेता पौडेल

नागरिकको समस्या र आवश्यकताका विषयमा आम सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले अधिवेशनबाट आउने नयाँ नेतृत्वलाई राजनीतिक निकटताभन्दा पनि वर्गीय हितमा केन्द्रित रहन सुझाव दिए।
सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छ : नेता पौडेल
Hardik ivf

काठमाडौं, असार २९ : सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जोड दिएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलसँगै पत्रकारिता क्षेत्रले सुशासन कायम गर्न सहकार्य गर्नुपर्ने उल्लेख गरे। उनले भने, ‘कुनै पनि सन्दर्भमा भ्रष्टाचार स्वीकार्य हुँदैन। भ्रष्टाचारमा शून्य सहनशीलताको नीति निर्माण गर्न नसकेसम्म सुशासन कायम गर्न सकिँदैन।’

नागरिकको समस्या र आवश्यकताका विषयमा आम सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले अधिवेशनबाट आउने नयाँ नेतृत्वलाई राजनीतिक निकटताभन्दा पनि वर्गीय हितमा केन्द्रित रहन सुझाव दिए।

प्रकाशित मिति: १९:२८ बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्