राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा शुक्रबार पनि प्रदर्शन
घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै बिहीबार देखि सुरु भएको नाराबाजी सहितको प्रदर्शन शुक्रवार पनि भएको हो।दाङ, असार २९ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा शुक्रबार पनि प्रदर्शन भएको छ।
घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै बिहीबार देखि सुरु भएको नाराबाजी सहितको प्रदर्शन शुक्रवार पनि भएको हो।
विरोध प्रदर्शनका कारण अस्पतालको उपचार सेवा प्रभावित बनेको छ। आन्दोलन चर्किंदै गएपछि प्रतिष्ठान परिसरमा शुक्रबार पनि बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो।
बालकको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग पीडित पक्षले गर्दै आएको छ। पीडित पक्ष र अस्पताल प्रशासनबीच बिहीबार वार्ता भएपनि सहमति हुन सकेको थिएन्।
शुक्रबार बिहान ८ बजेदेखि पुनः वार्ता गर्ने सहमति भएपनि पीडित पक्षको माग सम्बोधन नहुने देखेपछि उनीहरुले बिहानैदेखि आन्दोलनलाई निरन्तरता दिएका छन्।
प्रकाशित मिति: १७:३२ बजे, शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१