Kathmandu Press

खहरेखोलाले बगाउँदा एक महिलाको मृत्यु

खोला तर्ने क्रममा बोहरा बेपत्ता भएकी थिइन्। बिहीबार दिउँसोदेखि गन्यापधुरालगायत डडेल्धुराका विभिन्न स्थानमा ठूलो वर्षा भएको थियो।
खहरेखोलाले बगाउँदा एक महिलाको मृत्यु

डडेल्धुरा, असार २८ : डडेल्धुरा गन्यापधुरामा खोलाले बगाउँदा ६२ वर्षीय एक वृद्धाको ज्यान गएको छ। गन्यापधुरा गाउँपालिका–४ को खारीखोला तर्ने क्रममा कुलेडी गाउँकी दुर्गा बोहराको ज्यान गएको हो।

खोला तर्ने क्रममा बोहरा बेपत्ता भएकी थिइन्। बिहीबार दिउँसोदेखि गन्यापधुरालगायत डडेल्धुराका विभिन्न स्थानमा ठूलो वर्षा भएको थियो। वर्षाकै कारण खोला उर्लिएर आएको स्थानीयवासी लोकेन्द्र पनेरुले बताए।

खोलाले बगाउँदा बेपत्ता भएको खबर स्थानीयवासीले प्रहरीलाई गरेका थिए। उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी र्दिए।

उनी बगेको स्थानबाट एक किलोमिटर तल शव फेला परेको उनले बताए। आज दिउँसो २ः३० बजेको समयमा बोहरालाई खोलाले बगाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:४७ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्