चट्याङ लागेर एकको मृत्यु

डोटी, असार २८ : डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। बडिकेदार गाउँपालिका–५ दुदीलागाउँमा चट्याङ लाग्दा स्थानीय ६६ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भष्करदत्त पन्तले जानकारी दिए।
आज दिउँसो २ बजेतिर घरको ढोका लगाउने क्रममा चट्याङ लाग्दा बोहराको मृत्यु भएको निजका छोरा सुरेश बोहराले जानकारी दिए। चट्याङका कारण सोही गाउँका डम्मरसिंह बोहराका ६ वटा बाख्रा मरेका छन्।
प्रकाशित मिति: १६:४५ बजे, बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)
