Kathmandu Press

मेलम्ची खानेपानीबारे छलफल गर्न डाकिएको समिति बैठकमा कोरम पुगेन  

मेलम्ची खानेपानी आयोजनाका बारेमा छलफल गर्न विहीवार दिउँसो १ बजेका लागि पूर्वाधार विकास समिति बैठकको कार्यसूची तय भएको थियो। तर समिति सञ्चालनका लागि आवश्यक पर्ने सदस्य नै अनुपस्थित भएका थिए।
मेलम्ची खानेपानीबारे छलफल गर्न डाकिएको समिति बैठकमा कोरम पुगेन  
फाइल तस्बिर

काठमाडौं, असार २८ : सार्वजनिक महत्वको कार्यसूचीमा छलफल गर्न डाकिएको संसदीय समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ।

मेलम्ची खानेपानी आयोजनाका बारेमा छलफल गर्न विहीवार दिउँसो १ बजेका लागि पूर्वाधार विकास समिति बैठकको कार्यसूची तय भएको थियो। तर समिति सञ्चालनका लागि आवश्यक पर्ने सदस्य नै अनुपस्थित भएका थिए।

Hardik ivf

नियमावली अनुसार समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ।

पूर्वाधार समितिको बैठक बस्न १४ जना सांसद आवश्यक पर्ने भए पनि नगन्य मात्रामा समितिमा रहेका सांसद अनुपस्थित भएपछि अर्को दिनका लागि छलफलको कार्यसूची सारिएको छ। 
 
प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्