Kathmandu Press

विद्यालयको माटो बेचेर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा 

निजी लाभका लागि विद्यालयको माटो उत्खनन गरी स्थानीय इँटा उद्योगहरूलाई बिक्री गर्दै सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
विद्यालयको माटो बेचेर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा 

काठमाडौँ, असार २८ : कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्र रहेको जमिनको माटो बेचेर भ्रष्टाचार गरेको दाबीसहित बिहीवार चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

निजी लाभका लागि विद्यालयको माटो उत्खनन गरी स्थानीय इँटा उद्योगहरूलाई बिक्री गर्दै सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोगपत्रमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा, न्यु भगवती इँटा उद्योगका मेनेजर राजेन्द्र बहादुर भाट र सिद्ध वैजनाथका प्रोपाइटर धनबहादुर विष्टलाई प्रतिवादी कायम गरिएको छ। 

निजी लाभका लागि सात लाख २९ हजार पाँच सय चौध रुपैयाँ पचास पैसा बराबरको सरकारी हानि नोक्सानी गरेको दाबी अख्तियारको छ।

अख्तियारले प्रतिवादी मध्येका राना र बोहरासँग सात लाख उनन्तीस हजार पाँच सय चौध रुपैयाँ पचास पैसा, भाटसँग ४ लाख ११ हजार ६०६ र विष्टसँग ३ लाख १७ हजार ९०८ रुपैयाँ ५० पैसा विगो माग दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजाय माग गरेको छ। 
 
प्रकाशित मिति: १४:५९ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्