हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो।
हुम्ला, असार २८ : हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३ दशमवल ८ रेक्टरस्केलको भूकम्प गएको थियो।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ।
प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)