Kathmandu Press

भ्रष्टाचार मुद्दा लागेपछि झापा गाउँपालिका अध्यक्ष निलम्बनमा

सात किलोमिटर सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि साह निलम्बनमा परेका हुन्।
भ्रष्टाचार मुद्दा लागेपछि झापा गाउँपालिका अध्यक्ष निलम्बनमा

झापा, असोज २८ : भ्रष्टाचार मुद्दा लागेका झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह निलम्बनमा परेका छन्।

आर्थिक वर्ष २०७४/७५ मा झापा गाउँपालिकाको लक्ष्मीमार्ग सडकखण्डअन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको सात किलोमिटर सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि साह निलम्बनमा परेका हुन्।

उनीविरूद्ध अख्तियारले करिब २२ लाख रूपैयाँ रकम भुक्तानी दिएको आरोप लगाएको छ। उनले उपाध्यक्ष अन्जुदेवी थपलियालाई कार्यवाहक अध्यक्ष बनाएका छन् ।

प्राविधिकको इस्टमेट, वडा कार्यालयको सिफारिस, काम सम्पन्नको अनुगमन र निरीक्षण गरेको उपाध्यक्षसहित समितिको सिफारिस, उपभोक्ता समितिले निर्माण गरेको कामलाई आफूले भूक्तानी दिएको साहले जनाए।

साहसहित ११ जनाविरूद्ध विशेष अदालतमा मुद्दा परेको छ।

प्रकाशित मिति: ११:३७ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्