ठगी गरेको आरोपमा सात जना पक्राउ
जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गर्दै उपहार, हुण्डी, तथा विदेशी विनिमय अन्तरगर्तका कारोबारमा ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरि सार्वजनिक गरेको हो।_Moment1689163706.jpg)
उदयपुर, असार २७ : जिल्ला प्रहरी कार्यालय उदयपुरले ठगी गरेको आरोपमा सात जनालाइ पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गर्दै उपहार, हुण्डी, तथा विदेशी विनिमय अन्तरगर्तका कारोबारमा ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरि सार्वजनिक गरेको हो।
विभिन्न प्रलोभन देखाई समाजिक संजालमा विदेशबाट उपहार आएको छ, भन्दै एयरपोटमा कर तिर्न पर्ने भएकोले रकम पठाउन लगाइ ठगि गरेको आरोपमा बिराटनगर महानगरपालिका २० का हेमराज साह, सप्तरी विष्णुपुर गाउँपालिका २ का निरजकुमार साह, झापा जिल्लाको झापा गाउँपालिका १ का बरजहान सेखलार्य पक्राउ परेका हुन्।
त्यसै गरी पक्राउ पर्नेहरुमा गुल्मी जिल्लाको इस्मा गाउँपालिका ५ का ध्रुव थापा, बारा जिल्ला कलैया उपमहानगरपालिका २० का फुल मोहमद मियिा धुनिया, सप्तरी जिल्ला राजविराज नगरपालिका १ का डम्बर साह रहेको प्रहरीले जनाएको छ। पत्रकार सम्मेलनमा ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरिक्षक रविन कार्कीले घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गरी ठगी गर्ने गिरोहहरु पक्राउ गर्न सफल भएको बताए।
पछिल्लो समय समाजिक संजाल तथा मोबाइल कल गरेर चिठ्ठा पर्याे भनेर ठगी गर्ने गिरोह सक्रिय भई रहेको बेला उदयपुर प्रहरीले सात जनालाई पक्राउ गरि कार्वाही प्रक्रिया अघि बढाएको हो। पक्राउ परेका सातै जनालाई नै जिल्ला अदालतबाट संगठित अपराध सम्बन्धी कसुर, मुलुकी अपराध संहिता २०७४ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धि कसुरमा अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ।












