Kathmandu Press

श्रमिकको न्यूनतम ज्याला न्यायोचित गर्न माग

नेपाल सरकारको सचिवस्तरीय अध्ययन कार्यदलले समेत श्रमिकहरुको न्यूनतम रु. ३६ हजार हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको सन्दर्भमा महासङ्घले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकका प्रतिनिधिहरुले एकमतका साथ श्रमिकका पक्षमा अडान लिनुपर्ने महासङ्घका अध्यक्ष अर्जुन लम्सालले बताए।
श्रमिकको न्यूनतम ज्याला न्यायोचित गर्न माग

काठमाडौं, असार २७ : जनता समाजवादी पार्टी जसपा नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासङ्घले श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढंगले निर्धारण हुनुपर्ने माग गरेको छ।

नेपाल सरकारको सचिवस्तरीय अध्ययन कार्यदलले समेत श्रमिकहरुको न्यूनतम रु. ३६ हजार हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको सन्दर्भमा महासङ्घले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकका प्रतिनिधिहरुले एकमतका साथ श्रमिकका पक्षमा अडान लिनुपर्ने महासङ्घका अध्यक्ष अर्जुन लम्सालले बताए।

Hardik ivf

उनले भने, 'न्यूनतम ज्याला श्रमिकले कसैसँग माग्ने र कसैले दिने विषय होइन, यो उनीहरुको अधिकारको विषय हो, ट्रेड युनियनहरुले परम्परागत देखावटी शैलीको सट्टा प्रभावकारी र नतिजामुखी आन्दोलनका लागि तयारी रहनुपर्ने बेला भएको छ।'

समाजवाद उन्मुख मुलुकको परिकल्पना गर्ने तर श्रमिकलाई उचित ज्याला दिने विषयमा सधैँ आलटाल गर्ने गरेको विषयप्रति महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यसपटक श्रमिकहरुको ज्याला निर्धारण गर्दा कम्तीमा रु २७ हजार हुनुपर्ने महासङ्घको माग रहेको छ।

प्रकाशित मिति: १६:४४ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्