Kathmandu Press

रोल्पाको रुन्टीगढी-४ का वडाध्यक्ष टंकबहादुर पुनको निधन

पुन गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
रोल्पाको रुन्टीगढी-४ का वडाध्यक्ष टंकबहादुर पुनको निधन

दाङ, असार २७ : रोल्पाको रुन्टीगढी गाउँपालिका ४ का वडाध्यक्ष टंकबहादुर पुनको निधन भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज (बुधवार) उनकाे निधन भएको हो। मंगलवार एक्कासी बिरामी भएपछि उनलाई अस्पताल लगिएकाे थियाे। भेन्टीलेटरमा उपचारका क्रममा उनको निधनभएको प्रतिष्ठानले जनाएको छ।

उनी स्क्रब टाइफसका कारण बिरामी भएको र उपचार क्रममा निधन भएको अस्पतालले जानकारी दिएको बताइएकाे छ।

यसअघि मंसिर २५ गते सामान्य ज्वरो आएपछि वडाध्यक्ष पुन उपचारका लागि प्रतिष्ठानमा पुगेका थिए। सामान्य उपचारपछि फर्किएका पुनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मंसिर २६ गते पुनः प्रतिष्ठानमा भर्ना भएका थिए।

पुन गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १६:३१ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्