Kathmandu Press

प्रदेश प्रमुख शर्माद्वारा समवेदना प्रकट

आज समवेदना पत्र जारी गर्दै  प्रदेश प्रमुख शर्माले सीता दाहालको निधनले आफूलाई स्तब्ध बनाएको जनाएका हुन्। 
प्रदेश प्रमुख शर्माद्वारा समवेदना प्रकट

काठमाडाैं, असार २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुःख व्यक्त गरेका छन्।

आज समवेदना पत्र जारी गर्दै  प्रदेश प्रमुख शर्माले सीता दाहालको निधनले आफूलाई स्तब्ध बनाएको जनाएका हुन्। 

शर्माले यस दुःखद घडीमा दिवङ्गत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री पत्नी दाहालको आज बिहान ८ः३३ बजे ६९ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो।

प्रकाशित मिति: १५:१९ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्