जातीय विभेदका कारण हिंसाजन्य घटना बढ्दै गएको भन्दै प्रदर्शन
जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले जात व्यवस्थाका कारण घटेका श्रृंखलाबद्ध घटनाका बिरुद्ध बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो।
काठमाडाैं, असार २७ : जातीय विभेदका कारण हुने हिंसाजन्य घटना श्रृखलाबद्ध रुपमा बढ्दै गएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले जात व्यवस्थाका कारण घटेका श्रृंखलाबद्ध घटनाका बिरुद्ध बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो।
जुम्लामा अन्तरजातिय विवाह गरेको बिरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएको लगायतका प्रतिनिधिमुलक घटनाका साथै देशभर भएका जातिय विभेदका बिरुद्ध मोर्चाले खबरदारी गरेको हो।
प्रदर्शनमा सहभागीहरुले लडौं जात व्यवस्था विरुद्धको फाइनल म्याच, अपराधीलाई कारवाही गर, मलाई विभेद स्वीकार्य छैन, षडयन्त्रकारी प्रहरी प्रशासन र अदालत मुर्दावाद लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरुले जातीय विभेदका कारण हिंसाजन्य घटनामा पीडितलाई छिटो न्याय र पीडकलाई कडा कारवाही गर्नुपर्ने माग राखेका छन्।
प्रकाशित मिति: १४:२७ बजे, बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












