‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै महानगरकाे कार्यालयअगाडि प्रदर्शन
फुटपाथ तथा साना व्यापारीमाथि काठमाडौं महानगरपालिकाले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन गरिएको बताइएको छ।
काठमाडौं, असार २७ : काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि स्वतन्त्र युवाहरुको समूहले ‘गरिखान देऊ’ भन्दै विरोध गरेको छ।
फुटपाथ तथा साना व्यापारीमाथि काठमाडौं महानगरपालिकाले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन गरिएको बताइएको छ।
उनीहरुले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै गाएको गीतसमेत गाएका थिए। उक्त गीत मेयर बालेन्द्र शाह (बालेन) ले चुनाव अगाडि अहिलेको पदमा आउनुभन्दा अगाडि गाएको गीतमा प्रयोग गरिएको हुनाले व्यंग्यमा रूपम उनीहरूले सो गीत गाएका थिए।
नगर प्रहरीहरुले फुटपाथ खाली गर्ने नाममा त्यहाँ जीविकोपार्जन गर्ने मान्छेहरुलाई काठमाडौंमा टिक्नै नदिएको हुनाले विरोधमा उत्रिएको एक प्रदर्शनकारीले बताए।
पानी पर्दा पनि त्यसको कुनै पर्वाह नगरी उनीहरुले प्रदर्शन गरेका हुन्।
प्रकाशित मिति: १४:०१ बजे, बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












