Kathmandu Press

प्रधानमन्त्री दाहाल पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त

प्रधानमन्त्री दाहाल पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त

काठमाडाैं, असार २७ : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ।

पार्टीका महामन्त्री एवं प्रवक्त डा मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै दाहालको असामयिक निधनप्रति पार्टी मर्माहत र स्तब्ध बनाएको बताएका छन्।

'यस दुःखद घडीमा सम्पूर्ण रास्वपा परिवार उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। साथै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौँ,' शोक वक्तव्यमा भनिएको छ। 

पार्टी सभापति रिवि लामिछानेले दाहालको निधन भएको खबरले स्तब्ध बनाएको भन्दै यस दुःखद घडीमा उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रकाशित मिति: १२:३९ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्