Kathmandu Press

भुम्लूमा वृहत निःशुल्क स्वास्थ्य शिविर

गाउँपालिकाले प्रारम्भ सामाजिक संस्था र सिंगापुर रेडक्रसको सहयोगमा दुई दिने बृहत स्वास्थ्य शिविर आयोजना गरेको हो।
भुम्लूमा वृहत निःशुल्क स्वास्थ्य शिविर

काभ्रे, असार २७: काभ्रेको भुम्लू गाउँपालिकाले बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। गाउँपालिकाले प्रारम्भ सामाजिक संस्था र सिंगापुर रेडक्रसको सहयोगमा दुई दिने बृहत स्वास्थ्य शिविर आयोजना गरेको हो। स्वास्थ्य शिविर आजसम्म चल्नेछ।

शिविरमा  हाडजोर्नी ,मुटु, स्त्रीरोग, योग तथा प्राकृतिक चिकित्सालगायतका रोगहरूहरूको स्वास्थ्य परीक्षणका लागि सिंगापुर रेडक्रस, किष्ट मेडिकल कलेज, मध्यपुर ठिमी अस्पतालको चिकित्सक टोलीसँगै स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले स्थानीयको स्वास्थ्य परीक्षण गर्ने गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले बताए। स्वास्थ्य परीक्षणपछि आवश्यक औषधी पनि निःशुल्क उपलब्ध गराइने उनले बताए।

356330186_1079977600073432_2978147265461208144_n1689142303.jpg

Hardik ivf

भुम्लूको जनताका स्वास्थ्य उपचारका लागि आवश्यक सहयोग गर्नै सिंगापुर रेडक्रस र प्रारम्भ नेपाल संस्थालाई विशेष धन्यवाद दिँदै उपाध्यक्ष तामाङले आगामी दिनमा पनि आवश्यक सहकार्य गरी अघि बढ्ने बताए।

सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्रीले सिंगापुरका विशेषज्ञ टोलीबाट संचालित स्वास्थ्य शिविरबाट सक्दो लाभ उठाउन स्थानीयलाई अनुरोध गरिन्।

21689142300.jpg

शिविरमा पहिलो दिन अर्थोपेडिकमा १०७, जनरल फिजिसियन ९०, स्त्रीरोगमा ४५,अकुंपन्जरमा ५५, कार्डियोमा २१ जनाले सेवा लिएको नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष तथा शिविरका संयोजक बद्रिराज तिमल्सिनाले जानकारी दिए।

शिविरमा एक बिरामीलाई उपचारपछि प्लास्टिक सर्जरी समेत गर्ने गरी बोन विशेषज्ञ डाक्टर सुरेन्द्रजंग बस्नेतले शिविरमै माईनर सर्जरी गर्नुका साथै किष्ट मेडिकल कलेजमा अर्थो प्लास्टिक सर्जरीका लागि रिफर गरिएको बताइएको छ। उनको उपचारमा लाग्ने खर्च भुम्लू गाउँपालिका र प्रारम्भ नेपालले  समन्वय गरी गर्ने बताइएको छ।

51689142297.jpg

41689142298.jpg

11689142299.jpg

 

प्रकाशित मिति: ११:५२ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्