Kathmandu Press

विनियोजन विधेयकमाथिको छलफल सकियो

राष्ट्रियसभाको अर्को बैठक यही असार २७ गते बुधबार बिहान ११ः०१ मिनेटमा बस्नेछ।
विनियोजन विधेयकमाथिको छलफल सकियो
Hardik ivf

काठमाडाैं, असार २६ : राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ। आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ।

राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमा छलफल भएको थियो।
 
बैठकमा सांसदहरू ताराबहादुर सुवार, दुर्गा गुरुङ, जयन्तीदेवी राई, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, नारायण दाहाल, गोपीबहादुर सार्की अछामी, गोपालकुमार बस्नेत, सिंहबहादुर विश्वकर्मा, जीतेन्द्रनारायण देव, गोमादेवी तिमिल्सिना, बिना पोखरेल, मदनकुमारी साह, नरबहादुर विष्ट, रमेशजङ्ग रायमाझी र देवेन्द्र दाहाललगायतले छलफलमा भाग लिनुभएको थियो। बैठकमा उठेका विषयहरूको आगामी बैठकमा जवाफ दिने अध्यक्ष तिमिल्सिनाले जानकारी गराए।  

यसैबीच, बैठकले राष्ट्रियसभाका पूर्वसदस्य लालकाजी गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। उक्त शोक प्रस्ताव सर्वसम्मत पारित भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको असार २३ गते ८३ वर्षको उमेरमा निधन भएको थियो। राष्ट्रियसभाको अर्को बैठक यही असार २७ गते बुधबार बिहान ११ः०१ मिनेटमा बस्नेछ।

प्रकाशित मिति: १८:४१ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्