Kathmandu Press

ललिता निवास प्रकरण : थप दुई पूर्वकर्मचारी पक्राउ

पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिए।
ललिता निवास प्रकरण : थप दुई पूर्वकर्मचारी पक्राउ

काठमाडाैं, असार २६ : ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिए।

Hardik ivf

उनीहरुमाथि मन्त्रिपरिषदको निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको आरोप छ। त्यो फाइल तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजा समक्ष पेस भएको पाइएको प्रहरीले जनाएको छ। 

यसअघि आइतबार सिआइवीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरेको थियो।

कीर्ते तथा सङ्गठीतरुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायतलाई पक्राउ परिसकेका छन्।

प्रहरीले अहिलेसम्म १४ जनालाई पक्राउ गरिसकेको छ। २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १६:२७ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्