Kathmandu Press

विभिन्न कार्यक्रम गरी मनाइयाे विश्व जनसंख्या दिवस

सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या झण्डै ५ अर्ब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो।
विभिन्न कार्यक्रम गरी मनाइयाे विश्व जनसंख्या दिवस

काठमाडाैं, असार २६ : विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।

‘लैङ्गिक समानतालाई बनाऔँ अपरिहार्य रिवाज : सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ भन्ने नाराका साथ मंगलबार विश्व जनसंख्या दिवस मनाइएको हो। सन् १९८९ देखि हरेक वर्ष जुलाईको ११ तारिखमा दिवस मनाउने गरिएको छ।

Hardik ivf

सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या झण्डै ५ अर्ब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो।

दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा अन्तक्र्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसंख्याको बिषय मुलुकको भविष्यका लागि गम्भीर भएकाले कार्ययोजना बनाएर नै अघि बढ्नुपर्ने बताए।

उनले जनसंख्या वृद्धिदर र प्रजननदर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने जिकिर गरे। त्यस्तै मन्त्री बस्नेतले मुलुकका सवै नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सरकार अग्रसर रहेको धारणा राखे।

पछिल्लो जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ। जस अनुसार तराईमा ५४ प्रतिशत, पहाडमा ४० प्रतिशत र हिमालमा ६ प्रतिशत जनसांख्यिक अवस्था रहेको छ। 

प्रकाशित मिति: १३:५३ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्