Kathmandu Press

१५० शय्याको अस्पताल बनाउन कोरियाले ९.५ मिलियन डलर सहयाेग गर्ने

भक्तपुरको विपन्न वर्गहरुका लागि स्वास्थ्य सेवाको सहज पहुँचका लािग अस्पताल स्थापना गर्ने परियोजना सम्बन्धी समझदारी पत्रमा मंगलबार अर्थ मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेल र नेपालस्थीत कोरियाली राजदूतावासका राजदूत पार्क ते–योङले हस्ताक्षर गरेका हुन्।
१५० शय्याको अस्पताल बनाउन कोरियाले ९.५ मिलियन डलर सहयाेग गर्ने

काठमाडाैं, असार २६ : भक्तपुरको मध्यपुर थिमिमा १५० शय्याको अस्पताल स्थापना गर्न गणतन्त्र कोरियाले ९ दशमलव ५ मिलियन अमेरिकी डलर खर्च गर्ने भएको छ।

भक्तपुरको विपन्न वर्गहरुका लागि स्वास्थ्य सेवाको सहज पहुँचका लािग अस्पताल स्थापना गर्ने परियोजना सम्बन्धी समझदारी पत्रमा मंगलबार अर्थ मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेल र नेपालस्थीत कोरियाली राजदूतावासका राजदूत पार्क ते–योङले हस्ताक्षर गरेका हुन्।

Hardik ivf

सार्वजनिक स्वास्थ्य बिमा लक्ष्यका साथ कोरिया अन्तराष्ट्रिय सहयोग निकाय (कोइका) मार्फत २०२७ सम्ममा पूरा हुने आयोजनाका लागि ९ दशमलव ५ मिलियन अमेरिकी डलर खर्च गरिने बताइएको छ। परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंगको सहकार्य र समन्वयमा कोइका, मध्यपुर नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्ने अर्थ मन्त्रालयले जनाएको छ।

सम्झौता अनुसार कोइकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल छेउको जग्गामा १५० शैयाको अस्पताल निर्मण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने उल्लेख छ। सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले दुईदेशबीचको सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीका लागि कृतज्ञता व्यक्त गर्दै यस आयोजनालाई सफल कार्यान्वयनका लागि सहयोग गर्ने बताए।

त्यस्तै कोरियाली राजदूतावासका राजदूत पार्क ते–योङले यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण सहयोगको अपेक्षा गरे। उनले नेपाल र कोरियाबीचको दुईपक्षिय कूटनीतिक सम्बन्धको ५० औं बर्षगाठ मनाउन इन्छकु भएको बताए। 

प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्