Kathmandu Press

कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’ 

मंगलबार पनि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा पेशी सूची तय भएको उक्त रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो। 
कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’ 

काठमाडौं, असार २६ : कोसी प्रदेश सरकारविरुद्ध दायर भएको रिट निवेदन तीन दिनसम्म लगातार ‘हेर्न नभ्याइने’ भएको छ।

मंगलबार पनि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा पेशी सूची तय भएको उक्त रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो। 

Hardik ivf

यसअघि आइतवार र सोमवार पनि सुनुवाइका लागि पेशी तय भई ‘हेर्न नभ्याइने’ मा परेको थियो। गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि कोसी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन भएको भन्दै रिट दायर गरेका हुन्।

रिटमा नवनियुक्त भएका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाउँदै सरकार गठन रोक्न अन्तरिम आदेशको माग गरिएको छ। 
 
प्रकाशित मिति: १२:५६ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्