लायन्स क्लब ३२५ के अन्तर्गतका तीन गुप्रद्धारा सप्ताहव्यापी कार्यक्रम सम्पन्न
गत जुलाई १ देखि ७ सम्म काठमाडौं सहित आसपासका विभिन्न जिल्लामा कार्यक्रमहरु सम्पन्न गरिएको लायन्स क्लव अफ काठमाडौं स्काईका कोषाध्यक्ष सुवास भण्डारीले बताए ।
काठमाडौं, असार २६ : लायन्स क्लब अफ इन्टरनेशनल ३२५ के नेपाल अन्तर्गतका काठमाडौ स्काई, रारा स्काई र काठमाडौं सिजिजन गुप्रको संयुक्त आयोजनामा लायन्स बर्ष २०२३-२४ सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेका छन् । संयुक्त आयोजनामा लायन्स क्लवका तीन शाखाले गत साता विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् ।
गत जुलाई १ देखि ७ सम्म काठमाडौं सहित आसपासका विभिन्न जिल्लामा कार्यक्रमहरु सम्पन्न गरिएको लायन्स क्लव अफ काठमाडौं स्काईका कोषाध्यक्ष सुवास भण्डारीले बताए । उनका अनुसार प्रत्येका दिन फरक-फरक कार्यक्रमको आयोजना गरिएको थियो ।
जसअनुसार दोलखामा विद्यार्थीहरुलाई स्कूल डेस र सामान वितरण, काठमाडौंको मैपी मन्दिरमा सरसफाई कार्यक्रम, नयाँ बजारमा वृक्षारोपण कार्यक्रम र हिमालयन वृद्धा आश्रममा फुड वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।
यस्तै स्वयम्भूमा जनावरका लागि खाना वितरण र कार्यक्रमको अन्तिम दिन रक्तदान कार्यक्रम सम्पन्न भएको भण्डारीले बताए । लामो समयदेखि समाजसेवामा क्रियाशिल संस्थाहरुले विभिन्न समसयमा यस्ता कार्यक्रमको आयोजना गर्दै आएका छन् ।
कार्यक्रममा काठमाडौं स्काईका अध्यक्ष लायन उद्धव थापा मगर, रारा स्काईका अध्यक्ष लायन दिपक थापा र काठमाडौं सिजिजन गुप्रका अध्यक्ष लायन राजकुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।












