Kathmandu Press

राप्रपाको मुख्यसचिवमा अधिकारी

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य अधिकारीलाई विधानबमोजितम मुख्य सचिवमा मनोनित गरेका हुन्।
राप्रपाको मुख्यसचिवमा अधिकारी

काठमाडौं, असार २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सचिवालयको मुख्यसचिवमा केदारबहादुर अधिकारी नियुक्त भएका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य अधिकारीलाई विधानबमोजितम मुख्य सचिवमा मनोनित गरेका हुन्। अधिकारी नेपाल सरकारका पूर्वसचिवसमेत हुन्।

यसैबीच पार्टीले सङ्गठनलाई थप सुदृढीकरण गर्न नवीन राप्रपाको अवधारणा सार्वजनिक गरी केही दिन अगाडि सबै प्रदेशमा शीर्ष नेतालाई संयोजकको जिम्मेवारी दिएको थियो।

पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको कार्ययोजना कार्यान्वयन गर्न सबै प्रदेशमा प्रदेश संयोजक खटाएको हो।

उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेश संयोजक, उपाध्यक्ष बुद्धिमान तामाङलाई मधेस प्रदेश संयोजक, विक्रम पाण्डेलाई बागमती प्रदेश संयोजक, उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई गण्डकी प्रदेश संयोजक, रविन्द्र मिश्रलाई लुम्बिनी प्रदेश संयोजक, उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई कर्णाली प्रदेश संयोजक र उपाध्यक्ष उद्वव पौडेललाई सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी दिइएको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिए।

जिम्मेवारी प्राप्त गरेका संयोजकले छ महिनाभित्र साङ्गठनिक सुदृढीकरणका कार्य सम्पादन गरी प्रतिवेदन केन्द्रलाई बुझाउनुपर्ने छ।

 

प्रकाशित मिति: १९:५७ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्