Kathmandu Press

सवारी चोरी गर्ने ३६ कारबाहीमा, चोरिएका पाँच सय गाडी धनीलाई फिर्ता

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले आज मात्रै विभिन्न क्षेत्रबाट २१ वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी धनीलाई हस्तान्तरण गरिएको जानकारी दिए।
सवारी चोरी गर्ने ३६ कारबाहीमा, चोरिएका पाँच सय गाडी धनीलाई फिर्ता

काठमाडौं, असार २५ : प्रहरीले चालु आर्थिक वर्षमा उपत्यकाका विभिन्न क्षेत्रबाट चोरिएको पाँच सय सवारी साधान फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ । यसरी सवारी साधान चोरीमा संलगन रहेको ३६ जनालाई कारबाही गरेको छ।

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले आज मात्रै विभिन्न क्षेत्रबाट २१ वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी धनीलाई हस्तान्तरण गरिएको जानकारी दिए। उनले १२ वटा मोटरसाइकल र नौ वटा स्कुटर धनीलाई हस्तान्तरण गरिएको बताए।

Hardik ivf

अवैध रुपमा नेपाल भित्रिएका ९५ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको र एउटा मोटरसाइकललाई थप अनुसन्धानको लागि यातायात व्यवस्था कार्यालय पठाइएको भट्टले बताए।

चालु आवमै चोरीका २ पाङ्ग्रे ३२ सवारी साधनसहित चोरीमा संलग्न ३६ व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।

हराएका सवारी साधन खोज तलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि स्वयं सवारी धनी पनि विशेष चनाखोका साथै सजग हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनी सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीले अनुरोध गरेको छ।

आफ्नो सवारीको ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपाय अबलम्वन गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

यस्तै प्रहरीले मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न पनि अनुरोध गरेको छ। सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।   

प्रकाशित मिति: १८:२४ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्