Kathmandu Press

मन्त्री लामाको पहलमा काभ्रेमा २ अर्ब १९ करोड बजेट

संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकार गठन भएपछि यतिको परिमाणमा योजना र बजेटमा काभ्रे समावेश भएको यो पहिलो पटक हो।
मन्त्री लामाको पहलमा काभ्रेमा २ अर्ब १९ करोड बजेट

काभ्रे, असार २५ : बागमती प्रदेश सरकारले काभ्रे जिल्लाका लागि २ अर्ब १९ करोड बजेट छुट्याएको छ। बागमतीका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाको पहलमा प्रदेश सरकारले काभ्रेमा २ अर्ब १९ करोड ५५ लाख ६० हजारको योजना बजेटमा समावेश भएको हो।

प्रदेश सरकारका विभिन्न मन्त्रालय र मातहतका कार्यालय र स्थानीय तहमार्फत कार्यान्वय हुने ठूलो संख्यामा योजना र बजेट समावेश भएको हो। संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकार गठन भएपछि यतिको परिमाणमा योजना र बजेटमा काभ्रे समावेश भएको यो पहिलो पटक हो।

नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका लामा मन्त्री रहेको खानेपानी, उर्जा र सिंचाई मन्त्रालयमार्फत सबैभन्दा धेरै बजेट काभ्रेका योजनामा विनियोजन भएको छ। उक्त मन्त्रालयबाट काभ्रेमा १ अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजना भएको छ।

Hardik ivf

क्षेत्र नं १ (क) मा ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजना समावेश भएका छन्। प्रतिनिधी सभा क्षेत्र नं १ (ख) मा ४६ करोड २७ लाख ५० हजारका योजना समावेश भएका छन्। काभ्रे क्षेत्र नं २ तर्फ खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजनामा ४७ करोड ३७ लाख ५० हजार रकम विनियोजन भएको छ।

मन्त्री लामामार्फत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट क्षेत्र नं १ (क) मा १४ करोड ६ लाख, प्रदेश सभा १ (ख)मा ३४ करोड १५ र अन्तरपालिका र जिल्लास्तरीय योजनामा ११ करोड २० लाख गरी ५९ करोड ४१ लाख रकम विनियोजन भएको छ। सामाजिक विकास, वन तथा वातावरण मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयबाट पनि मन्त्री लामामार्फत १९ करोड ८६ लाख रकम विनियोजन भएको छ।

सामाजिक विकास, वन, पर्यटनतर्फ प्रदेश सभा १ (ख) मा ४ करोड ३६ लाख, १ ९क० तर्फ ९ करोड २० लाख र काभ्रे क्षेत्र नं २ मा ती मन्त्रालयबाट ५ करोड २९ लाख २५ हजार रकम विनियोजन भएको छ।

लामा नै मन्त्री रहेका प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत काभ्रे क्षेत्र नं १ प्रदेश सभा १(ख) अन्तर्गत धुलिखेलका वडा नं ८, ९, १०, ११ र १२ मा खानेपानीतर्फ ३ करोड ६ लाख र सिंचाईतर्फ १ करोड ६० लाखका योजना समावेश भएका छन्।

रोशी गाउँपालिकाका वडा नं १ देखि ५ सम्मका वडामा सिंचाईतर्फ ५ करोड ६५ लाख र खानेपानीतर्फ ४ करोड ५९ लाख बराबरका योजना समावेश भएका छन्। खानीखोला गाउँपालिकामा सिंचाईतर्फ ४ करोड ७५ लाख, खानेपानीतर्फ ४ करोड १५ लाख, नमोबुद्ध नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ मा सिंचाईतर्फ ६ करोड ९७ लाख र खानेपानीतर्फका ४२ योजनामा ८ करोड ४० लाख रकम विनियोजन भएको छ।

प्रदेश सभा १ (ख) अन्तर्गतका पनौतीका वडा नं ४ देखि १० सम्मका वडामा सिंचाईतर्फ २ करोड ७० लाख र खानेपानीतर्फ ३ करोड ७५ लाख रकम विनियोजन भएको छ। बेथानचोक गाउँपालिकाको वडा नं ६ मा मात्रै सिंचाईतर्फ ४५ लाख बराबरका २ योजना र खानेपानीतर्फ ३० लाखका २ योजना समावेश भएका छन्।

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश सभा (क) अन्तर्गत चौरीदेउराली गाउँपालिकामा सिंचाईका २४ योजनामा २ करोड ८७ लाख, खानेपानीका २५ योजनामा ३ करोड ७६ लाख, महाभारत गाउँपालिकामा खानेपानीका २४ योजनामा ४ करोेड २१ लाख र सिंचाईतर्फका २९ योजनामा ६ करोड ४१ लाख विनियोजन भएको छ।

तेमाल गाउँपालिकामा सिंचाईतर्फ ६ करोड २ लाख र खानेपानीतर्फ ४ करोड ९२ लाख रकम विनियोजन भएको छ। नमोबुद्ध नगरपालिकाको वडा नं ३, ४ र ५ मा खानेपानीका ५ योजनाको लागि ६० लाख र सिंचाईतर्फका ३ योजनका लागि ५५ लाख विनियोजन भएको छ। प्रदेश सभा १ ९क०मा पर्ने रोशीका वडा नं ६ देखि १२ नं सम्मका वडामा खानेपानीतर्फका ३७ योजनामा ७ करोड ७० लाख र सिंचाईतर्फका ३७ योजनामा ९ करोड १२ लाख रकम विनियोजन भएको छ।

क्षेत्र नं. २ अन्तर्गत पाँचखाल नगरपालिकामा सिंचाईतर्फ ७ करोड २६ लाख र खानेपानीतर्फ १ करोड ६ लाख, बनेपा नगरपालिकामा सिंचाईतर्फ ३ करोड २० लाख र खानेपानीतर्फ ४ करोड ६ लाख ५० हजार विनियोजन भएको छ। मण्डनदेउपुर नगरपालिकामा सिंचाईतर्फ ७ करोड ७७ लाख र खानेपानीतर्फ २ करोड ८३ लाख विनियोजन भएको छ।

क्षेत्र नं. २ मा पर्ने धुलिखेल नगरपालिका वडा नं. १ देखि ७ सम्म सिंचाईतर्फ २ करोड ८० लाख र खानेपानीतर्फ ८२ लाख, बेथानचोकको वडा नं. १ देखि ५ सम्म खानेपानीका १४ योजनामा १ करोड ७५ लाख र खानेपानीका ८ योजनामा १ करोड ७५ लाख र पनौतीका वडा नं. १, २, ३, ११ र १२ का १३ सिंचाई योजनामा १ करोड ७५ लाख र खानेपानीका १९ योजनामा २ करोड ५५ लाख बजेट विनियोजन भएको छ। भुम्लु गाउँपालिकामा सिंचाईतर्फ ६ करोड ३५ लाख र खानेपानीतर्फ ४ करोड ७६ लाख विनियोजन भएको छ।

बाग्मती प्रदेश सरकारका मन्त्री लामाको कार्यशैलीको प्रशंसा हुँदै आएको छ। आर्थिक बर्ष २०८०÷८१ को लागि विनियोबजेट माथिको छलफलमा सहभागी प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत दलका सांसदले समेत न्यायपूर्वक बजेट विनियोजन गरेको उनको प्रशंसा गरेका थिए।

नेपाली कांग्रेस काभ्रेका सभापति रहेका प्रदेश सभा सदस्य लामाले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । २०७९ सालमा भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित उनी २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं. १ मा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए।

प्रकाशित मिति: १२:३७ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्