Kathmandu Press

सुदूरपश्चिमका पहाडी जिललामा अवरुद्ध विद्युत् सेवा आठ घण्टापछि सञ्चालनमा

टुटेको तार अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि आठ घण्टापाछि सेवा सञ्चालन भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले जानकारी दिए।
सुदूरपश्चिमका पहाडी जिललामा अवरुद्ध विद्युत् सेवा आठ घण्टापछि सञ्चालनमा

बैतडी, असार २४ : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा अवरुद्ध भएको विद्युत् सेवा आठ घण्टापछि सञ्चालन भएको छ। डोटीको रुवसकाँडामा एक सय ३२ केभी प्रसारण लाइनको तार टुटेपछि बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो।

टुटेको तार अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि आठ घण्टापाछि सेवा सञ्चालन भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले जानकारी दिए।

‘तार टुट्दा सुदूरपश्चिमका सात पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको थियो,’ उनले भने, ‘तार टुटेको खबर पाएपछि प्राविधिक टोली परिचालन गरेर मर्मत गरिएको थियो। अहिले बिजुली सञ्चालन भइसकेको छ।’

प्रकाशित मिति: १९:५७ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्