Kathmandu Press

वडाध्यक्ष विष्ट पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ।
वडाध्यक्ष विष्ट पक्राउ

सुर्खेत, असार २४ : सुर्खेत वीरेन्द्रनगर ३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आज पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ। सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले आइतबार दिउँसो वीरेन्द्रनगर नगरपालिकाबाट उनलाई पक्राउ गरेको जानकारी दिए। 

यस्तै, वडाध्यक्ष विष्ट र अन्य दुई जनालाई पैसा चोरेको आरोप लागेको थियो। उनीसहित अन्य दुई जनालाई खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रु ६ लाख ५० हजार लुटेको आरोप लागेको छ।

यस्तै, सो उपभोक्ता समितिले पैसा चोरीको उजुरी प्रहरीमा दिएपछि शुक्रबार सुशील गुरुङ र बलिराज शाहीलाई प्रहरीले पक्राउ गरिसकेको थियो।

प्रकाशित मिति: १८:२३ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्