Kathmandu Press

विदेशी संगीतकर्मीको नेपाल मोह 

काठमाडौं र भक्तपुर जिल्लाको सिमानामा पर्ने मनोहरा सुकुम्बासी बस्तीमा संचालित उक्त शिविरमा ६ जना स्वास्थ्यकर्मीहरूले सेवा गरेका थिए। 
विदेशी संगीतकर्मीको नेपाल मोह 

काठमाडाैं, असार २४ : अष्ट्रिया देशका संगीतकर्मी फ्रिजी ग्रिफद्वारा सञ्चालन गरिएको संस्था फ्रिजी लाइट एसोसिएसनको सहायतामा यही असार २३ गते एक बृहत निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

काठमाडौं र भक्तपुर जिल्लाको सिमानामा पर्ने मनोहरा सुकुम्बासी बस्तीमा संचालित उक्त शिविरमा ६ जना स्वास्थ्यकर्मीहरूले सेवा गरेका थिए। 

यस शिविरको क्रममा स्वास्थ्य सेवाबाट वञ्चित अत्यन्तै विपन्न परिवारका मानिसहरूलाई नि:शुल्क ब्लड सुगर जाँच, समग्र स्वास्थ्य जाँच तथा औषधि वितरण पनि गरिएको थियो। यस शिविरबाट  जम्मा २८९ जना बिरामीहरूले लाभ प्राप्त गरेका थिए।

फिजी लाइट एसोसिएसनले २०७२ सालको भूकम्प पश्चात नेपालका सबै जिल्लामा पुगेर दशौं हजार परिवारलाई राहत वितरण गर्ने, दुर्गम गाउँका विद्यालय भवन निर्माण गर्ने जस्ता धेरै परोपकारी कामहरू पनि गर्दै आएको छ।

प्रकाशित मिति: १७:३८ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्