Kathmandu Press

प्रमुख प्रशासकीय अधिकृतसहित आठजनाविरूद्ध भ्रष्टाचार मुद्दा

ट्यांकी निर्माण नै नगरी भुक्तानी दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे।
प्रमुख प्रशासकीय अधिकृतसहित आठजनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौैं, असार २४ : हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

ट्यांकी निर्माण नै नगरी भुक्तानी दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे।

आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेशको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चंखेली गाउँपालिका–२ मा खानेपानीको ट्यांकी निर्माण गर्ने योजना भए पनि साे काम नै नगरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाएर बढी मूल्यांकन गरी भुक्तानी दिएको अख्तियारको आरोप छ।

शाहीले ६ लाख ४८ हजार ७८६ रुपैयाँ हानीनोक्शानी पुर्‍याएको अख्तियारकाे भनाइ छ।

शाहीसँगै चंखेली गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक गोभधन बोहरा, लेखापाल नवीन रेग्मी, चंखेली गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्याय, ट्यांकी निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी, कोषाध्यक्ष नन्दादेवी देवकोटा धितालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएकाे ।

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्