Kathmandu Press

संसदीय टोली न्युयोर्कतर्फ

संयुक्त राष्ट्र मुख्यालयमा आगामी सेप्टेम्बर हुने दिगो विकास सम्मेलनका लागि एजेण्डा तय गर्ने उच्चस्तरीय राजनीतिक मञ्चमा छलफलका लागि भाग लिन उनीहरु त्यसतर्फ गएका हुन्।
संसदीय टोली न्युयोर्कतर्फ

काठमाडाैं, असार २४ : राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा चार सदस्यीय संसदीय टोली आज न्युयोर्कतर्फ प्रस्थान गरेको छ।

संयुक्त राष्ट्र मुख्यालयमा आगामी सेप्टेम्बर हुने दिगो विकास सम्मेलनका लागि एजेण्डा तय गर्ने उच्चस्तरीय राजनीतिक मञ्चमा छलफलका लागि भाग लिन उनीहरु त्यसतर्फ गएका हुन्।
 
टोलीमा एमालेका सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका सांसद माधव सापकोटा र संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डे रहेको सचिवायलको सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

उक्त छलफल यही आसार २५ देखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्