मिटरब्याजविरुद्धको कानुन पारित गराउनुपर्ने भन्दै प्रदर्शन
यसअघि सरकारले ल्याएको मिटरव्याज सम्बन्धी कानुन निष्किृय भए पनि संघर्ष समितिले छिटो उक्त कानुन अघि बढाउन र पारित गर्नुपर्ने भन्दै काठमाडौंको माइतस्घरदेखि बानेश्वरमा प्रदर्शन गरेको हो।
काठमाडाैं, असार २४ : मिटरब्याजविरुद्धको कानुन पारित गराउनुपर्ने भन्दै मिटरव्याज विरुद्धको संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ।
यसअघि सरकारले ल्याएको मिटरव्याज सम्बन्धी कानुन निष्किृय भए पनि संघर्ष समितिले छिटो उक्त कानुन अघि बढाउन र पारित गर्नुपर्ने भन्दै काठमाडौंको माइतस्घरदेखि बानेश्वरमा प्रदर्शन गरेको हो।
उनीहरुले संघर्ष समितिसँग सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्न माग गरेका छन्। प्रदर्शनमा सहभागीहरुले मिटरब्याजसम्बन्धी कानुन तत्काल पारित गर, दलाल पुँजीवादी व्यवस्था अन्त्य गर, अवैधानिक मिटरब्याज तत्काल अन्त्य गर लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरुले नियोजित रुपमा यससम्बन्धी कानुन निष्क्रिय पारेको भन्दै आफूहरु न्याय नपाएसम्म घर नफर्किने जनाएका छन्।
प्रकाशित मिति: १४:४१ बजे, आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार