Kathmandu Press

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

विषालु च्याउ खाएर बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ।
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

डाेटी, असार २४ : विषालु च्याउ खाँदा डोटीमा ११ जना स्थानीय बिरामी भएका छन्। जंगली च्याउ खाँदा दीपायल सिलगढी नगरपालिका वडा नं. ५ इन्द्रचोकका ११ जना बिरामी भएका हुन्।

बिरामी हुनेमा अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

विषालु च्याउ खाएर बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ।

९ जनालाई आज बिहान ३ बजे र अन्य २ जनालाई केही समयपछि अस्पताल ल्याइएको थियो। उनीहरूको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: ११:४८ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्