सडक विस्तारमा अवरोध नपुर्याउन आग्रह
बागमती प्रदेशको राजधानी रहेको हेटौँडामा बढ्दो सवारी चाप र साँघुरो सडकका कारण बजार व्यवस्थापनमा समस्या हुने गरेको उनले बताए। हाल सडकको दायाँ बायाँ २५ गज सडक विस्तार गर्न लागिएको छ।हेटौँडा, असार २३ : हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सडक बिस्तारमा अबरोध नपुर्याउन आग्रह गरेका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजारमा पर्ने सडक विस्तार गरेरै छाड्ने उनको भनाइ छ।
बागमती प्रदेशको राजधानी रहेको हेटौँडामा बढ्दो सवारी चाप र साँघुरो सडकका कारण बजार व्यवस्थापनमा समस्या हुने गरेको उनले बताए। हाल सडकको दायाँ बायाँ २५ गज सडक विस्तार गर्न लागिएको छ।
सर्वोच्च अदालतले सडक विस्तार गर्ने गरी फैसला गरेको भन्दै उपप्रमुख लामाले फैसला कार्यान्वयन हुने बताए। 'सडक साँघुरो भएकाले दुर्घटना बढिरहेका छन्, ट्राफिक व्यवस्थापनमा पनि कठिनाइ भइरहेको छ,' उनले भने, 'सडकका कारण हामीले गरेका राम्रा काम छाँयामा परेको अवस्था छ।'
उनले सडक विस्तार नगर्न धम्की आएको बताउँदै सबैले सडक बिस्तारका लागि सहयोग गर्न आग्रह गरे।
प्रकाशित मिति: १८:३३ बजे, शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१५ मिनेटमा ३ गोल खाएपछि फियनूर्डसँग रोकियो सिटीबुधबार, मंसिर १२, २०८१
आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदैबुधबार, मंसिर १२, २०८१
मार्फामा बढ्दै पर्यटक, गल्लीहरुको नामाकरण बुधबार, मंसिर १२, २०८१
वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानीबुधबार, मंसिर १२, २०८१