Kathmandu Press

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइयो ‘गुराँस’

चेक रिपब्लिकमा जुलाई ५ मा गरिएको प्रदर्शनीमा चर्चा बटुलेको निर्देशक सौरभ राईले जानकारी दिए। 'यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो, यसले हामीलाई सन्तुष्ट बनाएको छ,' उनले भने।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइयो ‘गुराँस’

काठमाडाैं, असार २३ : नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भारी अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन गरिएको छ। 

चेक रिपब्लिकमा जुलाई ५ मा गरिएको प्रदर्शनीमा चर्चा बटुलेको निर्देशक सौरभ राईले जानकारी दिए। 'यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो, यसले हामीलाई सन्तुष्ट बनाएको छ,' उनले भने।

Hardik ivf

सो प्रदर्शनीमा चलचित्रकी अभिनेत्री मेनुका प्रधान पनि सहभागी हुनुहुन्थ्यो। रङ्गमञ्चमार्फत कलाकारितामा उदाएर चलचित्रमा छुट्टै पहिचान स्थापित गरेकी अभिनेत्री प्रधानले महोत्सवमा सहभागिता जनाउनु आफ्ना लागि नयाँ अनुभव रहेको प्रतिक्रिया दिइन्।

'यहाँ धेरैभन्दा धेरै चलचित्र हेर्ने मन छ”, उनले भनिन्, 'गुराँस पनि यहीँ हेरेँ।' चलचित्र गुराँसमा उनले आमाको भूमिका निर्वाह गरेका छन्।

नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ।

दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्रको लेखक निर्देशक राई नै गर्नुभएको छ। चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका निर्वाह गरेका छन् भने खगेन्द्र लामिछाने पिताको भूमिकामा छन्। 

प्रकाशित मिति: १६:२५ बजे, शनिबार, असार २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्