Kathmandu Press

तीन महिनामा साढे ३ हजार सवारी दुर्घटना

प्रहरी प्रधान कार्यालयका अनुसार गएको चैत १५ देखि अहिलेसम्म तीन महिनाको अवधिमा ३ हजार ४ सय २० वटा सवारी दुर्घटना भएका हुन्।
तीन महिनामा साढे ३ हजार सवारी दुर्घटना

काठमाडाैं, असार २३ : पछिल्ला तीन महिनाको अवधिमा साढे ३ हजार वटा सवारी दुर्घटना भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार गएको चैत १५ देखि अहिलेसम्म तीन महिनाको अवधिमा ३ हजार ४ सय २० वटा सवारी दुर्घटना भएका हुन्।

ती दुर्घटनामा परेर पाँच सय ८१ जनाको मृत्यु भएको छ भने एक हजार सात सय २१ जना गम्भिर घाइते भएका छन्। सवारी सम्बन्धमा सात लाख ३६ हजारलाई कारबाही गरिएको छ।

कारबाहीबापत रू ५६ करोड ४६ लाख राजस्व सङ्कलन गरिएको कडायतले बताउनुभयो । उक्त अवधिमा रू एक अर्ब ५९ करोड ६२ लाखको अवैध सामान बरामद गरिएको छ।

प्रकाशित मिति: १५:५० बजे, शनिबार, असार २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्