Kathmandu Press

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान

कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट ९आइएफएडी० र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) जस्ता संस्थाको समेत सहभागिता हुनेछ।
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान

काठमाडाैं, असार २३ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ ‘ग्लोबल फर सेयर डेभलपमेन्ट’ फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेका छन्। चीनको बेइजिङमा हुने उक्त फोरममा विभिन्न २० देशका मन्त्रिस्तरीय प्रतिनिधि सहभागी हुँदैछन्। 

कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) जस्ता संस्थाको समेत सहभागिता हुनेछ।

Hardik ivf

फोरममा सहभागितामुलुक विश्व विकासका लागि विभिन्न एजेण्डामा छलफल गर्ने कार्यक्रम छ। नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्बोधन गर्ने कार्यक्रम छ।

आइतबार बेइजिङ फ्रेण्डसिप होटलमा चिनियाँ विकास (सिआइडिसीए) उपमन्त्री डेङ्ख वोइङ र उपाध्यक्षबीच भेटघाट हुनेछ। सोमबार उपाध्यक्षले फोरमको औपचारिक समारोहमा सहभागी हुने तथा सम्बोधन गर्ने कार्यक्रम छ।

मङ्गलबार भने उपाध्यक्ष श्रेष्ठको चिनियाँ उपराष्ट्रपति हान चेङ्खसँग औपचारिक भेटघाट हुनेछ। सोही दिन राति उपाध्यक्ष श्रेष्ठ स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: १५:४० बजे, शनिबार, असार २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्